• सोमबार ५-१५-२०८३/ Monday 31-08-26
  • ०२:२९

On Air : गीतसंगीत

Up Next : नेपाल खबर

मुख्य खबर

भाइरल ज्वरोले थलियो भेरी नदीपारीको बस्ती

सुर्खेत,९ भदौ
सुर्खेतको पश्चिम क्षेत्रमा पर्ने पञ्चपुरी नगरपालिका वडा नं १० को नार्सी र ११ का जामु, गल्फा लगायतका गाउँका नागरिक भाइरल ज्वरोले थलिएका छन् ।  भेरी नदी पारीको यो बस्तीमा विगत १० दिनदेखि फैलिएको भाइरल ज्वरोले दुई गाउँका ५०० बढी घरपरिवारका नागरिक प्रभावित भएका हुन् । दुवै गाउँका अधिकांश बालबालिका, युवायुवती र ज्येष्ठ नागरिक ज्वरोले थलिएपछि प्रभावकारी उपचार नपाएकामा स्थानीयले आक्रोश पोखेका छन् ।  जिल्ला जनस्वस्थ्य कार्यालय सुर्खेतले केही दिनअघि मात्रै दुवै गाउँमा एक÷एक दिन स्वास्थ्य शिविर आयोजना गरेको थियो । पुरै गाउँका अधिकांश स्थानीय नागरिक ज्वरोको संक्रमणले थलिँदा स्वास्थ्य कार्यालयको हेपाह प्रवृत्तिका कारण एकदिने शिविरले रोग निर्मूल नभएकामा आक्रोश पोखेका छन् । टाउको दुख्ने, ज्वरो आउने र खुट्टा काम्नेजस्ता लक्षणले दुई वडाका नागरिक १२ दिनदेखि थलिएका बिरामीको संख्या अत्यधिक छ । नार्सीमा रहेको सरस्वती प्राविमा अध्ययनरत विद्यार्थीसमेत ज्वरोको संक्रमणले कक्षा छाड्ने गरेका छन् । एक दिन आयोजना गरेको शिविरमा मात्रै झण्डै ३०० नागरिक ज्वरोको संक्रमण भएको रिपोर्ट जिल्ला जनस्वास्थ्य कार्यालयमा आइपुगेको छ । 
 

प्रतिकृया दिनुहोस

बाँकेका विद्यार्थीको पढाइ प्रभावित

नेपालगन्ज, ५ भदौ  एक साताअघि बाँके जिल्लामा आएको बाढीका कारण राप्ती–सोनारी, नरैनापुर र डुडुवा गाउँपालिकाका विद्यार्थीको पढाइ प्रभावित भएको छ ।

खोलाले बगाएर वडा सदस्यको मृत्यु

डडेल्धुरा, ५ भदौ ।  डडेल्धुराको भित्रिमधेश क्षेत्रको पर्शुराम नगरपालिकाको पुन्तुरा खोलामा बगेर एक जना वडा सदस्यको मृत्यु भएको जोगबुढा प्रहरीले

मध्यपश्चिमका बाढी प्रभावितलाई राहत वितरण

सुर्खेत,५ भदौ मध्यपश्चिमका बाढी प्रभावित चार जिल्ला बाँके, बर्दिया, दाङ र सुर्खेतमा पहिलो चरणअन्तर्गत राहत वितरणको काम दु्रत गतिमा भइरहेको छ ।