भूमि आयोग कास्कीका तत्कालीन अध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाण्डौ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि आयोग कास्कीका तत्कालीन अध्यक्ष गङ्गाप्रसाद पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
नक्कली सुकुम्वासीलाई विद्यालयको जग्गा दिएको आरोपमा आयोगले पोखरेलसहित मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुख रामचन्द्र अधिकारी, भूमि आयोग कास्कीका तत्कालीन सदस्य आशाबहादुर गुरुङ, उमाकुमारी थापा, सोमबहादुर नेपाली र गैरकानूनी लाभ लिएको अभियोगमा भीमबहादुर विकविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आयोगले ६ जनासँग जनही १ करोड ४० लाख २५ हजार रुपैयाँका दरले बिगो कायम गरेको छ ।
मालपोत कार्यालय कास्कीका प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारी लिचीबारी जग्गा प्रकरणमा समेत मुछिएका व्यक्ति हुन् । त्यति बेला उनीहरूबीचको संवादमा भूमी व्यवस्थामन्त्री बलराम अधिकारीले अर्कैसँग घुस खाइ कास्कीको भूमि आयोग अध्यक्ष नियुक्ति गरिसकेको कुराकानी बाहिरिएको थियो । त्यही कुराकानीमा प्रसङ्ग निस्किएको भूमि आयोग कास्कीका तत्कालीन अध्यक्ष गङ्गाप्रसाद पोखरेलसहित सबै पदाधिकारी भ्रष्टाचार मुद्दामा परेका हुन् ।
पोखरा महानगरपालिका वडा नम्बर २६ लेखनाथमा रहेको सामुदायिक अमरज्योति आधारभूत विद्यालयको ३ रोपनी ३ आना जग्गा भूमि आयोगले नक्कली सुकुम्वासीका नाममा दर्ता गरेको अख्तियारको आरोप छ ।
बाँकेका विद्यार्थीको पढाइ प्रभावित
नेपालगन्ज, ५ भदौ एक साताअघि बाँके जिल्लामा आएको बाढीका कारण राप्ती–सोनारी, नरैनापुर र डुडुवा गाउँपालिकाका विद्यार्थीको पढाइ प्रभावित भएको छ ।
खोलाले बगाएर वडा सदस्यको मृत्यु
डडेल्धुरा, ५ भदौ । डडेल्धुराको भित्रिमधेश क्षेत्रको पर्शुराम नगरपालिकाको पुन्तुरा खोलामा बगेर एक जना वडा सदस्यको मृत्यु भएको जोगबुढा प्रहरीले
मध्यपश्चिमका बाढी प्रभावितलाई राहत वितरण
सुर्खेत,५ भदौ मध्यपश्चिमका बाढी प्रभावित चार जिल्ला बाँके, बर्दिया, दाङ र सुर्खेतमा पहिलो चरणअन्तर्गत राहत वितरणको काम दु्रत गतिमा भइरहेको छ ।

प्रतिकृया दिनुहोस