चुनावको सम्पूर्ण तयारी पूरा, हिमाली भेगका दुर्गम बस्तीसम्म पुग्यो सामग्री
काठमाण्डौ – कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले यही बिहिवार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सम्पूर्ण व्यवस्थापकीय र प्राविधिक तयारी पूरा भएको बताउनुभएको छ ।
आज काठमाण्डौमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँका अनुसार देशका उच्च पहाडी र हिमाली जिल्लाका साथै हिमाल पारिका दुर्गम बस्तीहरूमा समेत निर्वाचन सामग्री पुगिसकेका छन् ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी उहाँले निर्वाचनको मिति घोषणा भएदेखि नै सञ्चार जगतले सकारात्मक भूमिका खेलेका कारण चुनावको माहोल देउरालीसम्म आइपुगेको र २१ गते भञ्ज्याङमा पुगेर भारी बिसाउने ९चुनाव सम्पन्न हुने० विश्वास व्यक्त गर्नुभयो । ।जनशक्ति परिचालन र सुरक्षा व्यवस्थापनको पक्षबाट आयोग पूर्ण रूपमा ढुक्क रहेको उहाँको भनाइ छ ।
बाँकेका विद्यार्थीको पढाइ प्रभावित
नेपालगन्ज, ५ भदौ एक साताअघि बाँके जिल्लामा आएको बाढीका कारण राप्ती–सोनारी, नरैनापुर र डुडुवा गाउँपालिकाका विद्यार्थीको पढाइ प्रभावित भएको छ ।
खोलाले बगाएर वडा सदस्यको मृत्यु
डडेल्धुरा, ५ भदौ । डडेल्धुराको भित्रिमधेश क्षेत्रको पर्शुराम नगरपालिकाको पुन्तुरा खोलामा बगेर एक जना वडा सदस्यको मृत्यु भएको जोगबुढा प्रहरीले
मध्यपश्चिमका बाढी प्रभावितलाई राहत वितरण
सुर्खेत,५ भदौ मध्यपश्चिमका बाढी प्रभावित चार जिल्ला बाँके, बर्दिया, दाङ र सुर्खेतमा पहिलो चरणअन्तर्गत राहत वितरणको काम दु्रत गतिमा भइरहेको छ ।

प्रतिकृया दिनुहोस