रामेछापमा भएको दुर्घटनामा मतदान अधिकृतसहित २ जनाको ज्यान गयो
काठमाण्डौ – रामेछापमा चुनावका सामग्री बोकेको गाडी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । हिजो मतदान सामग्री र निर्वाचन कर्मचारी भएको गाडी दुर्घटनामा घाइते भएका मतदान अधिकृतको पनि ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी राजन तिमल्सेनाले जानकारी दिनुभयो ।
दुर्घटनामा घाइते भएका मतदान अधिकृत डोरप्रसाद घिमिरेको मन्थली अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । दुर्घटनामा त्यसअघि असई पर्शुराम यादवको ज्यान गएको थियो ।
बाँकी ७ जना घाइतेको काठमाण्डौको छाउनी अस्पतालमा उपचार भइरहेको छ । रामेछाप नगरपालिका–२ देउराली जाँदै गरेको ना ७ ख ६७६८ नम्बरको गाडी हिजो दुर्घटना भएको थियो ।
बाँकेका विद्यार्थीको पढाइ प्रभावित
नेपालगन्ज, ५ भदौ एक साताअघि बाँके जिल्लामा आएको बाढीका कारण राप्ती–सोनारी, नरैनापुर र डुडुवा गाउँपालिकाका विद्यार्थीको पढाइ प्रभावित भएको छ ।
खोलाले बगाएर वडा सदस्यको मृत्यु
डडेल्धुरा, ५ भदौ । डडेल्धुराको भित्रिमधेश क्षेत्रको पर्शुराम नगरपालिकाको पुन्तुरा खोलामा बगेर एक जना वडा सदस्यको मृत्यु भएको जोगबुढा प्रहरीले
मध्यपश्चिमका बाढी प्रभावितलाई राहत वितरण
सुर्खेत,५ भदौ मध्यपश्चिमका बाढी प्रभावित चार जिल्ला बाँके, बर्दिया, दाङ र सुर्खेतमा पहिलो चरणअन्तर्गत राहत वितरणको काम दु्रत गतिमा भइरहेको छ ।

प्रतिकृया दिनुहोस