नेप्सेकाेलकाे बाेर्ड सँचालक भोटेमाथि कार्यालयमै कर्मचारी द्वरा हातपात
सुर्खेत । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ नेप्सकुन कर्णाली प्रदेश बोर्डका संचालक वीरबहादुर रावत ‘भोटे’माथि नेप्सेकाेलकाे कर्मचारीहरूले कुटपिट गरेका छन्।
घटना शुक्रबार दिउँसो करिब ३ बजेको समयमा नेप्सुनको कार्यालय परिसरभित्र भएको हो। पीडित संचालक रावतका अनुसार बोर्ड बैठक बसाल्ने विषयमा छलफल भइरहेका बेला कर्मचारी पक्षबाट हातपात भएको हो।
संचालक रावतले बताएअनुसार नेप्सेकाेलको विधानअनुसार दुई वर्षको अवधिमा कम्तीमा ८ वटा बोर्ड बैठक बस्नुपर्ने व्यवस्था छ। हालसम्म ५ वटा बैठक सम्पन्न भइसकेका छन् भने बाँकी बैठक बसाल्ने तयारी भइरहेको थियो। तर गत वर्षदेखि नै कर्मचारीतर्फबाट पटक–पटक बैठक अवरुद्ध गर्ने प्रयास हुँदै आएको र त्यसको स्पष्ट कारण अहिलेसम्म नखुलेको उनले बताए।
शुक्रबार बैठक बसाल्ने विषयमा छलफल गर्न कार्यालय पुगेका बेला हेड अफिसबाट “किन बैठक बस्न सकेन रु किन रिपोर्ट नपठाएको रु” भन्ने प्रश्न उठिरहेको अवस्थामा आफूले बैठक बोलाउन खोज्दा कर्मचारीहरूले अवरोध सिर्जना गरेको रावतको भनाइ छ।
उनका अनुसार सोही क्रममा कर्मचारीहरूले “हामी तपाईंको निर्देशन मान्दैनौँ, हामी सियो बराबरका कर्मचारी हौं ” भन्दै अपमानजनक भाषा प्रयोग गरे। त्यसपछि अन्य विषयमा निहुँ खोज्दै योजनाबद्ध रूपमा ज्यान लिने नियतले कुटपिट गरिएको आरोप उनले लगाएका छन्।
रावतका अनुसार सुरुमा निहुँ खोज्दै “तिम्रो मातहतमा चल्ने कर्मचारी हामी होइनौँ” भन्दै कार्यालयमा रहेका न्याम प्लेटहरू टुक्राटुक्रा पारिएको थियो। खुट्टाले हानेर दराजको सिसा फुटाइएको र प्रहरीलाई खबर गर्न खोज्दा भित्र तथा बाहिर दुबै स्थानमा लात्ती र हातले कुटपिट गरिएको उनले बताए।
कर्णाली प्रदेशका सहकारीसम्बन्धी विषयमा विशेष छलफल गर्ने तयारी भइरहेका बेला यस प्रकारको घटना हुनु अत्यन्त दुःखद भएको र यसले संस्थाको गरिमा र सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको रावतको भनाइ छ।
हातपातमा संलग्न व्यक्ति नेप्सेकाेलकाे फिल्ड कार्यालय ईन्चार्ज मदनकुमार चन्द र सायक कर्मचारी पुष्पराज तिमिल्सिना रहेको रावतले बताएका छन्।
घटनाका क्रममा बाहिरबाट सबै च्यानल बन्द गरेर कुटपिट गरिएकोले आफू “धन्न ज्यान जोगाउन सफल भएको” उल्लेख गर्दै उनले दोषीहरूमाथि कडा भन्दा कडा कानुनी कारबाहीको माग गरेका छन्।
यस घटनाले नेप्सेकाेलकाे भित्रको आन्तरिक व्यवस्थापन, कर्मचारी आचरण र कार्यालय सुरक्षाको विषयमा गम्भीर बहस आवश्यक रहेको देखाएकोछ
बाँकेका विद्यार्थीको पढाइ प्रभावित
नेपालगन्ज, ५ भदौ एक साताअघि बाँके जिल्लामा आएको बाढीका कारण राप्ती–सोनारी, नरैनापुर र डुडुवा गाउँपालिकाका विद्यार्थीको पढाइ प्रभावित भएको छ ।
खोलाले बगाएर वडा सदस्यको मृत्यु
डडेल्धुरा, ५ भदौ । डडेल्धुराको भित्रिमधेश क्षेत्रको पर्शुराम नगरपालिकाको पुन्तुरा खोलामा बगेर एक जना वडा सदस्यको मृत्यु भएको जोगबुढा प्रहरीले
मध्यपश्चिमका बाढी प्रभावितलाई राहत वितरण
सुर्खेत,५ भदौ मध्यपश्चिमका बाढी प्रभावित चार जिल्ला बाँके, बर्दिया, दाङ र सुर्खेतमा पहिलो चरणअन्तर्गत राहत वितरणको काम दु्रत गतिमा भइरहेको छ ।

प्रतिकृया दिनुहोस