• सोमबार ५-१५-२०८३/ Monday 31-08-26
  • १२:२७

On Air : मध्यान्ह कलिङ

Up Next : बुलबुले हालखबर

मुख्य खबर

कालिकोट अति जोखिममा रहेका बालबालिकालाई शैक्षिक तथा खाद्यान्न सामग्री वितरण

कालीकोट । जिल्लाको शुभकालिका गाउँपालिकामा ८३ जना अति जोखिममा रहेका बालबालिका लाई शैक्षिक र खाद्यान्न सामग्री वितरण गरिएको छ। सहयात्रा तेस्रो परियोजना अन्तर्गत वडा नं ४ र ५ का बालबालिका लाई आईतबार एक कार्यक्रमका बिच झोला,कापी , डटपिन, पेन्सिल ,ज्यामीति , ईस्कुल ड्रेस, टिफिन , मसिनो चामल ,दाल, तेल,लगाएतका सामग्री वितरण गरिएको हो ।

सेभ द चिल्ड्रेनको आर्थिक सहयोग , भिडिसेफ नेपाल कालिकोटको सहजिकरण र शुभकालिका गाउँपालिका वडा नं ४ र ५ को समन्वयमा अति जोखिममा रहेका ८३ जना बालबालिका लाई खाद्यान्न र शैक्षिक सामग्री वितरण गरिएको भिडिसेफ नेपाल कालिकोटका फिल्ड अधिकृत हस्त बहादुर रोकायाले जानकारि दिनुभयो ।

रोकायाका अनुसार गाउँपालिका वडा नं ४ का ३० जना र वडा नं ५ का २० जना अति जोखिममा रहेका बालबालिका लाई शैक्षिक सामग्री दिएको बताउनुभयो । यस्तै शुभकालिका ५ का १५ र ४ का १८ जना अति जोखिममा रहेका बालबालिका लाई खाद्यान्न सामग्री वितरण गरिएको छ । सहयात्रा तेस्रो परियोजना अन्तरगत शिक्षा थिम मार्फत ४ र ५ मा जम्मा ५० जना बालबालिका लाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।

सहयात्रा तेस्रो परियोजना अन्तरगतनै बालअधिकार शासन र बालसंरक्षण थिम अन्तरगत खाद्यान्न सामाग्री शुभकालिका ४ र ५ मा जम्मा ३२ जना बालबालिका लाई उक्त सामाग्री वितरण गरिएको हो ।

शुभकालिका गाउँपालिका वडा नं ४ र ५ मा तीन लाख पच्चीस हजार बराबरको खाद्यान्न र शैक्षिक सामग्री वितरण गरिएको रोकायले बताउनुभयो । उक्त सामाग्री पाउँदा बालबालिका हर्षित भएको भिडिसेफ नेपाल कालिकोटका फिल्ड अधिकृत राम बहादुर सुनारले बताउनुभयो ।

कार्यक्रममा शुभकालिका गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष मिम बहादुर शाहीको सभा अध्यक्षता , वडा सचिव भिम बहादुर बि।क ,वडा सदस्य जनक बहादुर शाहीको विशेष ,आतिथ्यतामा खाद्यान्न र शैक्षिक सामाग्री बितरण गरिएको हो । कार्यक्रममा अति जोखिममा रहेका बालबालिकाका अभिभावक बालबालिका जनप्रतिनिधि लगाएतको सहभागी रहेका थिए ।

कार्यक्रममा बोल्दै शुभकालिका गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष मिम बहादुर शाहीले भन्नू भयो , बालबालिकाहरूलाई वितरण गरिएका सामग्रीहरू सही तरिकाले प्रयोग गर्न अभिभावक लाई सुझाव दिदै बालबालिकाहरूको संरक्षण र नियमित बालबालिकाहरूलाई विद्यालयमा पठाउन आग्रह समेत गर्नुभयो । आगामी दिनमा यस्ता खालका कार्यक्रमहरू वडा स्तरबाट भिडिसेप नेपाल कालिकोटसँग सहकार्य ,समन्वय गर्दै बालबालिकाको हितका लागि निरन्तर कार्यक्रमहरू ल्याउने समेत बताउनु भयो ।

प्रतिकृया दिनुहोस

स्थानीय तहमा यसरी हुन सक्छ भ्रष्टाचार र अनियमितताको चलखेल

निमा काफ्ले संवैधानिक ब्यवस्था अनुरुप स्थानीय तहमा सिधै केन्द्रबाट रकम पुग्ने अवस्था छ र स्थानीय तह संचालनको लागि ऐन नबनुन्जेलसम्मको लागि नेपाल

नेपालमा रेडियोको इतिहास र वर्तमान

सूर्यप्रकाश कँडेल                             विश्वको रेडियो प्रसारणको इतिहास हेर्ने हो भने विद्युतीय चुम्बकीय

संकट र विपदमा सामुदायिक रेडियोको भुमिका : सन्दर्भ कोभिड–१९

सूर्यप्रकाश कँडेल    ''जहाँ पनि सहज रुपमा लैजान मिल्ने र सुनेर मात्र पुग्ने साधन भएकोले पनि सुचना प्राप्तिका लागि आमसञ्चारको सबैभन्दा