• सोमबार ५-१५-२०८३/ Monday 31-08-26
  • ०१:३३

On Air : गीतसंगीत

Up Next : गीतसंगीत

मुख्य खबर

गौतम बुद्धको जन्म जयन्ती आज मनाइँदै

काठमाडौं । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतम बुद्धको २५६९औँ जन्म जयन्ती आज मनाइँदैछ । भगवान् विष्णुको नवौँ अवतारका रूपमा बुद्धलाई पुजिन्छ । आज सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरणस्वरूप यो पर्व मनाउने गरिएको हो ।

बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्युं) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् ।

बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिन्छ ।

आम मानिसलाई बेलुकी घरमा दीपावली गरेर बुद्ध जयन्ती मनाउन सरकारले आह्वान गरेको छ ।यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरिन्छ ।

प्रतिकृया दिनुहोस

सबैलाई रुवाउँदै नेपाल आइडलबाट बाहिरिए सुरज थापा

रियालिटी टेलिभिजन शो नेपाल आइडलको टप सिक्समा पुगेका सुरज थापा बाहिरिएका छन् । सबैलाई रुवाउँदै शुक्रबार गाला राउण्डबाट उनी बाहिरिएका हुन्

सबैलाइ रुहाउदै  बाहिरिइन् बुटवलकी सुजाता पाण्डे 

सुर्खेत,१० भदौ चर्चित नेपाली टेलिभिजन रियालिटी शो नेपाल आइडलबाट टप फाइभमा पुगेकी आइडलकी एक्ली छोरी भनेर चिनिइने सुजाता पाण्डेय बाहिरिएकी छन् ।

नेपाल आइडल : शुक्रबारसम्म भोट नगन्न अदालतको आदेश

२१ भदौ, काठमाडौं । जिल्ला अदालत काठमाडौंले पर्सिसम्म नेपाल आइडलको भोट गणना नगर्न अल्पकालिन अन्तरिम आदेश दिएको छ । आइडलको १५ भदौको कार्यक्रममा चार