• सोमबार ५-१५-२०८३/ Monday 31-08-26
  • १२:२५

On Air : मध्यान्ह कलिङ

Up Next : बुलबुले हालखबर

मुख्य खबर

भूकम्प पीडितमैत्री बजेट ल्याउन सरकारलाई निर्देशन

सुर्खेत । कर्णाली प्रदेशसभाको प्रदेश मामिला समितिले कर्णाली प्रदेश सरकारलाई ४ बुँदे निर्देशन र ६ बुँदे सुझाव दिएको छ । जसमा आगामी आर्थिक वर्षको बजेट र नीति भूकम्प पीडितमैत्री ल्याउन निर्देशनदेखि कर्णालीका जोखिमयुक्त बस्तीको स्थानान्तरणसम्मका छन् ।

भूकम्पपछिको पुननिर्माण र पीडितहरुको अवस्था बुझ्न जाजरकोटको खलंगा सार्वजनिक सुनुवाई गरेर फर्किएको समितिले भूकम्पपछिको पुनःनिर्माण र पीडितको घ्याउमा मह्लम लगाउने आगामी आर्थिक वर्षको बजेट भूकम्प पीडितमैत्री बनाउन सरकारलाई निर्देशन दिएको छ ।

समितिले भूकम्प पछिको पुनःनिर्माण र प्रभावित क्षेत्रमा शिक्षा, स्वास्थ्य र रोजगारीमा राखेर नयाँ बजेट बिनियोजन गरेर तत्काल कार्यान्वयन गर्न, अस्थायी पुल, बाटो लगायतका संरचना निर्माण गरेको व्यवसायीलाई तत्काल उत्तानी दिन निर्देशन दिएको समितिका सभापति कल्याणी खड्काले जानकारी दिइन् ।

त्यस्तै आगामी आर्थिक वर्षका लागि योजना छनौट गर्दा वैज्ञानिक, निष्पक्ष र सन्तुलिन गराउन र एकै स्थानबाट सञ्चालन हुँदै आएको जाजरकोटको जिल्ला पशु सेवा कार्यालय र सशस्त्र प्रहरी बलको कार्यालयलाई छुट्टाछुट्टै स्थानबाट सञ्चालन गर्ने वातावरण बनाउन पनि प्रदेश सरकारलाई निर्देशन दिएको छ ।

त्यस्तै समितिले भूकम्प प्रभावित क्षेत्रको पुननिर्माणका लागि काठ, बालुवा र गिट्टी लगायतका निर्माण सामग्रीको सहज आपूर्तिका लागि सबै निकायसँग पहल गर्नुपर्ने, विपद्पछिको उद्दार, राहत, पुनःनिर्माण र विपद् प्रतिकार्यका लागि प्रभावकारी कार्यविधि बनाउनुपर्ने र सालबसाली रुपमा कार्यान्वयनमा आउने कानुन प्त्येक वर्षको चौमासिक भित्र अनिवार्य कार्यान्वयनमा ल्याउन समेत सुझाव दिएको छ ।

प्रतिकृया दिनुहोस

देउवालाई मोदीको सुझाव- सबै पक्षसँग सम्वाद जारी राख्नोस्

८ भदौ, भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँगको संयुक्त पत्रकार सम्मेलनमा मोदीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समाजका सबै

नेपाल र भारतबीच ८ समझदारी पत्रमा हस्ताक्षर, के छ समझदारीमा??

८ भदौ, भारत र नेपालबीच आठ वटा समझदारीमा हस्ताक्षर भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा आठ सम्झौतामा हस्ताक्षर भएको छ। जसमध्ये

देउवाले एउटा गल्ती सच्याए तर अर्को गरे

९ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण अझै तीन दिन बाँकी छ । तर, भ्रमणको निष्कर्ष निकाल्न सकिने गरी ४६ बुँदे संयुक्त वक्तव्य