• सोमबार ५-१५-२०८३/ Monday 31-08-26
  • ०१:३४

On Air : गीतसंगीत

Up Next : गीतसंगीत

मुख्य खबर

देशभर ६० प्रतिशत मत खस्यो स् निर्वाचन आयोग


 
काठमाण्डौ – प्रतिनिधिसभा चुनावअन्तर्गत आज भएको मतदानमा देशभर ६० प्रतिशत मत खसेको निर्वाचन आयोगले प्रारम्भिक अनुमान गरेको छ ।

केहीबेरअघि आयोजित पत्रकार सम्मेलनमा निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरेको जानकारी दिनुभयो । आज बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान भएको थियो ।

यो प्रतिशत यसअघि २०७९ सालको मङ्सिरमा भएको प्रतिनिधिसभा चुनावको भन्दा कम हो । त्यो वर्ष ६१ दशमलव ६३ प्रतिशत मतदान भएको थियो ।

मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको र मतपेटिका सङ्कलन गर्ने काम शुरू भएको आयोगले जनाएको छ । यसपालि १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता रहेका थिए ।

आज सम्पन्न भएको चुनावबाट २ सय ७५ जना सांसद निर्वाचित हुनेछन् । प्रत्यक्षतर्फ १ सय ६५ र समानुपातिकतर्फ १ सय १० गरी २ सय ७५ जना सांसद निर्वाचित हुने व्यवस्था छ ।

प्रतिकृया दिनुहोस

देउवालाई मोदीको सुझाव- सबै पक्षसँग सम्वाद जारी राख्नोस्

८ भदौ, भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँगको संयुक्त पत्रकार सम्मेलनमा मोदीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समाजका सबै

नेपाल र भारतबीच ८ समझदारी पत्रमा हस्ताक्षर, के छ समझदारीमा??

८ भदौ, भारत र नेपालबीच आठ वटा समझदारीमा हस्ताक्षर भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा आठ सम्झौतामा हस्ताक्षर भएको छ। जसमध्ये

देउवाले एउटा गल्ती सच्याए तर अर्को गरे

९ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण अझै तीन दिन बाँकी छ । तर, भ्रमणको निष्कर्ष निकाल्न सकिने गरी ४६ बुँदे संयुक्त वक्तव्य