अपराधीले टाउको उठाउन पाउँदैन – एसएसपी पिताम्बर अधिकारी
समयक्रम सँगसँगै अपराध गर्ने प्रवृति र आपराधिक क्रियाकलाप बढ्दै गएका छन् । पछिल्लो समय विकास भएको विभिन्न प्रविधिको प्रयोगका कारण अपराध गर्ने बढ्दै गएको प्रहरीको तथ्याङ्क छ । आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरीले विभिन्न गतिविधि गर्दै आएको छ ।(1).jpg)
काठमाडौं उपत्यकामा हुने आपराधिक घटना न्युनीकरण गर्न प्रहरीले २४ सै घण्टा गस्ती गर्ने गरेको छ । तर पनि अपराध गर्नेले मौका छोपेर अपराध गर्ने गरेका छन् । काठमाडौंको तुलनामा ललितपुरमा १२ प्रतिशत मात्र अपराध हुने गरेको प्रहरीको तथ्याङ्क छ । ललितपुर प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्नुभएका बरिष्ठ प्रहरी उपरीक्षक पिताम्बर अधिकारीसँग नारायण अधिकारीले कुराकानी गर्नुभएको छ ।
ललितपुरको पछिल्लो अपराध अवस्था कस्तो छ ?
काठमाडौंमा हुने अपराधको १२ प्रतिशत अपराध ललितपुरमा हुन्छ । ठगी, चोरीलगायत आर्थिक पाटा जोडिएका अपराध अहिलेका प्रमुख अपराध हुन् । यौन हिंसा, झैझगडा ठूला संगठित अपराधहरु भने कम भएको हाम्रो तथ्याङ्क छ ।
काठमाडौंको जम्मा १२ प्रतिशत मात्रै अपराध ललितपुरमा हुन्छ भन्नुभयो । अपराधीसम्म प्रहरी पुग्न नसकेको कि अपराध नै कम भएको हो ?
अपराध नै कम भएको हो । किन कम भएको हो भन्दा यहाँको जनसंख्या पनि कम छ । जहाँ जनसंख्या बढी हुन्छ, त्यहाँ विभिन्न प्रकृतिका मान्छे हुने र अपराध पनि बढी हुने गर्छ ।
पछिल्लो समय नयाँ नयाँ प्रकृतिका अपराध देखिन्छ । अपराध गर्ने शैली फेरिएकै हो त ?
अपराध फेरिएको पक्कै हो । आपराधिक कार्यशैली को नयाँ तरिका ठगीको हो । पछिल्लो समय विभिन्न प्रलोभन देखाएर आर्थिक ठगी गर्ने देखिन्छ । समयअनुसार फरक फरक काम गरेर ठग्ने गरेको पनि देखिन्छ । अर्को भनेको पहिलाको जस्तो गुण्डागर्दी छैन । राजनीतिक अवरण तथा सामाजिक आडम्बर देखाएर अपराध गर्ने भने बढेका छन् । यो एकदमै चुनौतिपूर्ण छ ।
त्यस्तै पहिला दिउँसो चोरी हुँदैन थियो । अहिले दिउँसो चोरी हुन थालेको छ । शनिबार दिउँसोको चोरी नहुने । शुक्रबार र आइतबार कम हुने, अरु बार धेरै चोरी हुने गरेको देखिन्छ । यसरी हेर्दा मान्छे अफिस गएको बेला पारेर चोर्न क्रम बढेको देखिन्छ ।
दशैंमा विशेष योजना बनाएर चोरी शून्य बनाउनुभयो । त्यस्तै योजना बनाएर बाह्रै महिना काम गर्दा चोरी शून्य बनाउन सकिँदैन ?
हामीले अहिले पनि योजना अनुसार नै काम गरेका छौं । महिनाभरीको अपराधको टे«न के छ ? त्यही अनुसार काम गरिरहेका छौं । अपराध गर्नेले दशैंलाई अवसर बनाउँछन् । त्यही अनुसार हामीले सुरक्षा योजना बनाएर काम गर्यौं । जनशक्तिको अभावले त्यो लागू हुन नसकेको हो । तर आत्तिनु पर्ने अवस्था छैन ।
ललितपुरकै कतिपय ठाउँमा चोरी भएको छ । तपाईंहरुले चोर पक्राउ गर्न नसक्नु भएको हो ?
समय लाग्ला तर अवश्य पक्राउ पर्छन् । चोरलाई एकदिन पीडितको ठाउँमा उभ्याउँछौं, ढुक्क हुनुस् ।
अर्को डरलाग्दो अपराध भनेको अपहरण गर्ने, फिरौती माग्ने पनि हो । यसको अवस्था चाहिँ के छ ?
अपहरणको घटना राजधानीमा त्यस्तो ठूलो छैन । हुन त हामीले पनि एक दुईवटा अपहरणका मुद्दा चलायौं । त्यो चाहिँ पैसा उठाउन लागि अपहरण गर्ने जस्तो देखियो । जुन हाम्रो दक्षिण सीमातिर भएको जस्तो अपहरण राजधानीमा छैन ।
प्रहरीको अनुसन्धान गर्ने तरिका जति विकास हुँदै जान्छ, अपराधीले पनि विभिन्न प्रविधिको प्रयोग गरेर अपराध गर्ने गर्छन् भनिन्छ । प्रविधिसँग अपराध कत्तिको जोडिन्छ ?
एकदमै जोडिन्छ । प्रविधिले जति अरु मानिसलाई फाइदा पुर्याएको छ, त्यति नै अपराधीलाई सहयोग पुर्याएको हुन्छ । यसलाई नियन्त्रण गर्न सकिएन भने ब्रेक बिनाको गाडी जस्तो हुन्छ । गाडी चाहिँ तीव्र गतिमा गुड्ने बनाउने, तर ब्रेक नबनाएपछि त दुर्घटना हुन्छ नै ।
त्यसकारणले हामीले अपराध नियन्त्रण गर्न पनि प्रविधिको प्रयोग गर्नुपर्छ । प्रविधिसँग प्रहरीको पहुँच हुनुपर्छ । हामीसँग प्रविधि एकदमै कम छ । यदि हामीसँग प्रविधि प्रचुर प्रयोग हुन सक्यो भने हाम्रो अनुसन्धानले फड्को मार्छ ।
अपराधमै जोडिएर आउँछ लागू औषधको कारोबार । ललितपुरमा चाहिँ लागू औषधको कारोबार अवस्था कस्तो छ ?
ललितपुरमा धेरै मात्रामा लागू औषध दुव्र्यवसनी छन् । लागू औषध खानकै लागि ३० तोला सुन चोरेको घटना पनि छ । ठूलो कारोबार नभएपनि ललितपुरमा लागू औषध दुव्र्यवसनी धेरै छन् ।
अपराधको अर्को डरलाग्दो रुप भनेको यौन शोषणपछिको हत्या हो । केही समयअघि ललितपुरको गुइपोखरीमा यौन सम्पर्क गरेर एक महिलाको हत्या गरी फालिएको थियो । यौनजन्य अपराधका श्रृँखला बढ्दै गएको हो ?
यौनजन्य अपराध पहिला भन्दा केही बढेको हो की भन्ने हामीलाई महसुस भएको छ । गाडीहरुमा, होटलहरुमा यस्ता अपराध बढेको देखिन्छ । कानुन बलियो हुँदाहुँदै पनि अपराध बढेकाले सामाजिक परिवेशले अपराध न्युनिकरण गर्नु पर्ने अवस्था छ ।
ललितपुर प्रहरीले बौद्ध गुम्बाको मूर्ति चोर्नेलाई पक्राउ गरेको थियो । मूर्तिसहित चोर समातिएपछि तपाईंलगायत केही प्रहरी पनि सम्मानित भए । त्यो घटना चाँही कस्तो थियो ?
त्यो पुराताव्तिक चोरी हो । संगठित अपराध हो । उनीहरुले मूर्ति देश बाहिर लान लागेका थिए । यो सबै सूचना आएपछि हामीले दुई महिना लगाएर मूर्ति चोरहरु पक्रियौं ।
ललितपुरबाट मूर्ति धुलिखेल पुर्याएरबापत ट्याक्सी भाडा मात्रै ३५ हजार रुपैयाँ लिएको थियो । पछि हामीले ट्याक्सरी चालकलाई समेत पक्रियौं ।
अपराध हुनै नदिनका लागि तपाईहरुको कारबाही चाहिँ कस्तो छ त ?
अपराध गर्ने अवसर दिनु भएन । त्यसका लागि प्रहरीले गतिविधि गरिरहेको छ । प्रहरीले अपराध प्रकृतिका मान्छेलाई डोमिनेशन गर्न आफ्नोे युनिफर्म लगाएर शो अप गर्नु पर्यो, त्यो हामीले गरिरहेका छौं ।
बर्दी शो अप गरेपछि बदमासीले टाउको उठाउन पाउँदैनन् । सिभिल गस्तीमा पनि हामी यतिनै मात्रामा पोख्त छौं । सिआरभी, क्वीक रेस्पोन्स टिम लगायतबाट हामीले गस्ती गरेकाले अपराध कम हुन सकेको छ ।
अन्त्यमा तपाईंलाई केही भन्नु छ ?
अपराध भइसकेपछि विभिन्न मान्छेले विभिन्न ढङ्गले व्याख्या गर्ने र प्रहरीले अपराधीलाई छोडिदिन्छ भन्ने खालका कुराहरु पनि हुन्छन् । तर त्यस्तो होइन ।
प्रहरीले अपराधीलाई कारबाही गर्छ । विगतमा पनि गरेको हो र अहिले पनि गरिराखेकै छ । त्यसकारण अपराध भएपछि विभिन्न कुराका पछि नलागी प्रहरीसमक्ष उजुरी गर्नुस् । दोषीले कारबाही भोग्छ । ढुक्क हुनुस् उजुरी गर्नुस् ।
म्यानमारको राखिन राज्यमा भएको हिंसामा परी बाह्रको मृत्यु
याङ्गुन, ९ भदौ । म्यानमारको अशान्त राज्य राखिनमा जारी हिंसामा परी शुक्रबार कम्तीमा १२ व्यक्तिको मृत्यु भएको छ । यस आक्रमणमा परी पाँच प्रहरी
भारतमा वरिष्ठ पत्रकार गौरी लंकेशको गोली हानी हत्या
भदौ २१ – भारतमा वरिष्ठ पत्रकार गौरी लंकेशको हत्या भएको छ । दक्षिणपन्थीको कडा आलोचक रहेकी पत्रकार लंकेशको मंगलबार बेलुका गोली हानी हत्या भएको भारतीय
भारतीय जनता पार्टी (भाजपा) गठबन्धन को ऐतिहासिक जित,आफ्नो पार्टी लाई ऐतिहासिक जनादेश दिएको भन्दै मोदीले दिए जनतालाई धन्यवाद।।
जेठ,१० भारतको सत्रौं लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) को गठबन्धनले ऐतिहासिक जित हासिल गरेको छ। भातीय प्रधानमन्त्री नरेन्द्र मोदीले

प्रतिकृया दिनुहोस