भारतीय जनता पार्टी (भाजपा) गठबन्धन को ऐतिहासिक जित,आफ्नो पार्टी लाई ऐतिहासिक जनादेश दिएको भन्दै मोदीले दिए जनतालाई धन्यवाद।।
जेठ,१०
भारतको सत्रौं लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) को गठबन्धनले ऐतिहासिक जित हासिल गरेको छ। भातीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो पार्टी र गठबन्धनलाई ऐतिहासिक जनादेश दिएको भन्दै भारतीय जनतालाई धन्यवाद दिएका छन् ।
नयाँदिल्लीस्थित भारतीय जनता पार्टी ९भाजपा०को कार्यालयमा आयोजित विजयी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले देशभरका करोडौं नागरिकले भाजपालाई मत दिएकोप्रति खुसी व्यक्त गर्दै उनीहरुप्रति शीर झुकाएर नमन गर्ने बताए ।
उनले सबै भारतीयले नयाँ भारत चाहेको भन्दै आगामी दिनमा कुनै पनि खराव मनसायका साथ काम नगर्ने प्रतिबद्धता व्यक्त गरे ।
काम गर्दा कुनै गल्ती पनि हुनसक्ने तर खराव नियतले केही नगर्ने उनको भनाइ थियो ।
आफूलाई जनताले दिएको विश्वास टुट्न नदिने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री मोदीले लोकतन्त्रका लागि ज–जसले बलिदान दिए उनीहरुका परिवारजनप्रति समवेदनासमेत प्रकट गरे ।
उनले चुनावी प्रक्रिया राम्रोसँग सम्पन्न गरेकोमा निर्वाचन आयोगलाई समेत बधाई दिए ।
प्रधानमन्त्री मोदीले १ अर्ब ३० करोड भारतीयले श्रीकृष्णका रुपमा जवाफ दिएको टिप्पणी गर्दै यो चुनाव कुनै उम्मेदवार वा पार्टी नभएका जनताले लडेको बताए ।
भारतमा भएको निर्वाचनमा प्रधानमन्त्री मोदीको पार्टी भाजपाले कूल ५ सय ४३ सिट संख्यामध्ये ३ सय सिटभन्दा बढीमा जित हात पारेको छ । उसको गठबन्धन एनडीए ३४९ सिटमा विजयी भएको छ ।
भाजपा र उसको गठबन्धनले सन् २०१४ मा भएको निर्वाचनको भन्दा बढी मत प्राप्त गरेको छ ।
अपराधीले टाउको उठाउन पाउँदैन – एसएसपी पिताम्बर अधिकारी
समयक्रम सँगसँगै अपराध गर्ने प्रवृति र आपराधिक क्रियाकलाप बढ्दै गएका छन् । पछिल्लो समय विकास भएको विभिन्न प्रविधिको प्रयोगका कारण अपराध गर्ने बढ्दै
म्यानमारको राखिन राज्यमा भएको हिंसामा परी बाह्रको मृत्यु
याङ्गुन, ९ भदौ । म्यानमारको अशान्त राज्य राखिनमा जारी हिंसामा परी शुक्रबार कम्तीमा १२ व्यक्तिको मृत्यु भएको छ । यस आक्रमणमा परी पाँच प्रहरी
भारतमा वरिष्ठ पत्रकार गौरी लंकेशको गोली हानी हत्या
भदौ २१ – भारतमा वरिष्ठ पत्रकार गौरी लंकेशको हत्या भएको छ । दक्षिणपन्थीको कडा आलोचक रहेकी पत्रकार लंकेशको मंगलबार बेलुका गोली हानी हत्या भएको भारतीय

प्रतिकृया दिनुहोस