• सोमबार ५-१५-२०८३/ Monday 31-08-26
  • १२:२६

On Air : मध्यान्ह कलिङ

Up Next : बुलबुले हालखबर

मुख्य खबर

कर्णाली प्रदेश सरकारले ‘मुख्यमन्त्री रोजगार कार्यक्रम’ लाई उत्पादनसँग जोड्ने

सुर्खेत । कर्णाली प्रदेश सरकारले ‘मुख्यमन्त्री रोजगार कार्यक्रम’ लाई उत्पादनसँग जोड्ने भएको छ । उत्पादनसँग जोडेर कार्यान्वयन गर्दा प्रभावकारी हुने भएपछि सरकारले रोजगार कार्यक्रमलाई उत्पादनसँग जोड्ने भएको हो ।

सरकारले नयाँ कार्यविधि निर्माण गरेर मुख्यमन्त्री रोजगार कार्यक्रमलाई परिमार्जनसहित कार्यान्वयन गर्न लागेको छ । कर्णाली रोजगार कार्यक्रम कार्यविधि–२०८१ स्वीकृति भएको छ । गत शुक्रबार बसेको कर्णाली प्रदेश मन्त्रीपरिषद्को बैठकले उक्त कार्यविधि स्वीकृत गरेको हो ।

आर्थिक भार कम पर्ने तथा रोजगारीमा जोड्नका लागि कार्यक्रमलाई उत्पादनसँग जोड्न लागिएको हो । नयाँ निर्माण गरिएको कार्यविधि अनुसार कृषि तथा उद्यम विकासमा जोडेर कार्यक्रम कार्यान्वयन गर्न लागिएको छ । यसअघि सञ्चालन गरिएको कार्यक्रम रोजगारी दिनेगरी कार्यान्वयन भइरहेको थियो । जसले गर्दा लागत धेरै तथा प्रतिफल न्यून आउने गरेको भन्दै सरकारले रोजगारी सिर्जना तथा आर्थिक लाभ लिने गरी कार्यक्रम कार्यान्वयनमा जोड दिएको छ । सरकारले आर्थिक व्यायभार घटाउने तथा रोजगारीमा वृद्धि गर्ने लक्ष्य राखेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ । कार्यक्रमको प्रभावकारिता बढाउन उत्पादनसँग जोडेर कार्यक्रम कार्यान्वयन गर्न लागिएको कार्यालयका योजना, अनुगमन तथा आर्थिक पूर्वाधार शाखाका नवीन ढकालले बताए ।

कर्णालीका सबै वडामा ‘मुख्यमन्त्री रोजगार कार्यक्रम’ लागु भएको छ । यसअघि १५ वटा वडामा कार्यक्रम कार्यान्वयन हुन सकेको थिएन । चालु आर्थिक वर्षदेखि प्रदेशका सबै वडामा कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ । प्रदेश सरकारले आव २०७६/७७ देखि मुख्यमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन गरेको थियो । यो वर्ष एक हजार छ सय व्यक्तिलाई रोजगारीमा जोड्ने लक्ष्य सरकारले राखेको छ । त्यसका लागि एक अर्ब १६ करोड बजेट विनियोजन गरिएको छ ।

प्रतिकृया दिनुहोस

अपराधीले टाउको उठाउन पाउँदैन – एसएसपी पिताम्बर अधिकारी

समयक्रम सँगसँगै अपराध गर्ने प्रवृति र आपराधिक क्रियाकलाप बढ्दै गएका छन् । पछिल्लो समय विकास भएको विभिन्न प्रविधिको प्रयोगका कारण अपराध गर्ने बढ्दै

म्यानमारको राखिन राज्यमा भएको हिंसामा परी बाह्रको मृत्यु

  याङ्गुन, ९ भदौ । म्यानमारको अशान्त राज्य राखिनमा जारी हिंसामा परी शुक्रबार कम्तीमा १२ व्यक्तिको मृत्यु भएको छ । यस आक्रमणमा परी पाँच प्रहरी

भारतमा वरिष्ठ पत्रकार गौरी लंकेशको गोली हानी हत्या

भदौ २१ – भारतमा वरिष्ठ पत्रकार गौरी लंकेशको हत्या भएको छ । दक्षिणपन्थीको कडा आलोचक रहेकी पत्रकार लंकेशको मंगलबार बेलुका गोली हानी हत्या भएको भारतीय