• सोमबार ५-१५-२०८३/ Monday 31-08-26
  • ०१:३१

On Air : गीतसंगीत

Up Next : गीतसंगीत

मुख्य खबर

तुलुजमाथि ६–२ को शानदार जित हासिल

भदौ ५ – नेइमारको उत्कृष्ट प्रदर्शनसँगै आइतबार राति भएको खेलमा पिएसजीले तुलुजमाथि ६–२ को शानदार जित हासिल गरेको  छ । पिएसजीमा अनुबन्धित भएपछि होमग्राउण्डमा पहिलो पटक उत्रिएका थिए नेइमार । 

खेलको १८ औँ मिनेटमा तुलुजका लागि म्याक्स गार्डेल गोल गर्दै अग्रता दिलाएका थिए । तर खेलको ३१ औँ मिनेटमा पिएसजीका लागि नेइमारले गोल गर्दै बराबरी बनाएका थिए । नेइमारले दोस्रो हाफको अतिरिक्त समयमा थप एक गोल गरेका थिए । 

यो सँगै उनले फ्रेन्च लिग (लिग वान) को यो सिजनमा ३ गोल पुर्‍याएका छन् । पिएसजीका लागि एड्रियन रेबिओटले ३५ औँ मिनेटमा, एडिन्सन काभानीले पेनाल्टीमार्फत ७५ औँ मिनेटमा, जेभियर पास्तोरले ८२ औँ मिनेटमा र कुर्जावाले ८४ औँ मिनेटमा एक एक गोल गरेका थिए । 

पिएसजीकै खेलाडी थिएगो सिल्भाले भने ७८ औँ मिनेटमा आत्मघाती गोल गरेका थिए । अहिलेसम्म तीन खेल नै जितेर पिएसजी ९ अंकका साथ गोलअन्तरले अंकतालिकाको शिर्षस्थानमा रहेको छ । 

प्रतिकृया दिनुहोस

गौरिकाको लक्ष्यः सागमा स्वर्ण

  ९ भदौ, काठमाडौं   ११ वर्षको उमेर, पौडी खेल्न थालेको २ वर्षमात्रै भएको थियो । स्कुलको छुट्टी मनाउन नेपालमा आएका बेला परिवारको आग्रह र अग्रसरतामा

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता आजदेखि सुरु ।।

जेठ,१० तेस्रो संस्करणको प्रधानमन्त्री कप   क्रिकेट प्रतियोगिता आज देखि सुरु हुदैछ ।  प्रतियोगिता आजदेखि जेठ २५ सम्म मुलपानी र टियु क्रिकेट

काँक्रेविहार गोल्डकपको उपाधी पञ्चपुरीले जित्यो

२०७८ कार्तिक १५, सोमबार सुर्खेत । वीरेन्द्रनगरमा जारी काँक्रेविहार गोल्डकप सकिएको छ । वीरेन्द्रनगरस्थित रंगशालामा भएको आइतबारको अन्तिम फाइनल खेलमा