• सोमबार ५-१५-२०८३/ Monday 31-08-26
  • ०१:३३

On Air : गीतसंगीत

Up Next : गीतसंगीत

मुख्य खबर

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता आजदेखि सुरु ।।


जेठ,१०

तेस्रो संस्करणको प्रधानमन्त्री कप   क्रिकेट प्रतियोगिता आज देखि सुरु हुदैछ ।  प्रतियोगिता आजदेखि जेठ २५ सम्म मुलपानी र टियु क्रिकेट मैदान कीर्तिपुरमा चल्ने छ । प्रतियोगितामा ७ प्रदेश र तीन विभागिय गरि १० टोलीले प्रतिस्पर्धा गर्ने छन् । समुह ए मा एपीएफ, प्रदेश ५, प्रदेश ३, सूदुरपश्चिम र गण्डकी रहेका छन् ।
समुह बी मा त्रिभुवन आर्मी, नेपाल पुलिस, प्रदेश २, प्रदेश १ र कर्णाली प्रदेश रहेका छन् । राउन्ड रोविन लिग पछि समूहका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन् । नेपाल पुलिसले पहिलो खेल आज नै उद्धघाटन खेलमा प्रदेश १ सँग मुलपानीमा प्रतिस्पर्धा गर्ने छ । आजको हुने खेलको उद्घाटन  नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्नुहुनेछ । 
यस्तै जेठ १४ मा मुलपानीमै पुलिसले कर्णालीसँग प्रतिस्पर्धा गर्ने छ । त्यस्तै जेठ १५ मा प्रदेश २ र जेठ १८ मा त्रिभुवन आर्मीसँग खेल्ने कार्यतालिका रहेको छ ।
मूलपानी मैदानको पिच लगायतका कुराहरु तयार भए पनि ट्रायल गर्दा एयर लिएकाले त्यहाँका खेलहरु भने १२ गतेदेखि मात्रै सुरु हुनेछन् । मुलपानीको तल्लो मैदान उद्घाटन यसै पीएम कपबाट गर्ने तयारी गरिएको थियो । अब त्यसको उद्घाटन १२ गते युवा तथा खेलकुदमन्त्रीले गर्ने पनि जनाइएको छ ।
प्रतियोगिताको विजेताले २० लाख जित्नेछ भने उपविजेताले १० लाख हात पार्नेछ । यस्तै सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउनेछ भने उत्कृष्ट ब्याट्सम्यान र बलरले ५०–५० हजार जित्नेछन् । प्रत्येक खेलका म्यान अफ दी म्याचलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतिकृया दिनुहोस

तुलुजमाथि ६–२ को शानदार जित हासिल

भदौ ५ – नेइमारको उत्कृष्ट प्रदर्शनसँगै आइतबार राति भएको खेलमा पिएसजीले तुलुजमाथि ६–२ को शानदार जित हासिल गरेको  छ । पिएसजीमा अनुबन्धित भएपछि

गौरिकाको लक्ष्यः सागमा स्वर्ण

  ९ भदौ, काठमाडौं   ११ वर्षको उमेर, पौडी खेल्न थालेको २ वर्षमात्रै भएको थियो । स्कुलको छुट्टी मनाउन नेपालमा आएका बेला परिवारको आग्रह र अग्रसरतामा

काँक्रेविहार गोल्डकपको उपाधी पञ्चपुरीले जित्यो

२०७८ कार्तिक १५, सोमबार सुर्खेत । वीरेन्द्रनगरमा जारी काँक्रेविहार गोल्डकप सकिएको छ । वीरेन्द्रनगरस्थित रंगशालामा भएको आइतबारको अन्तिम फाइनल खेलमा