काँक्रेविहार गोल्डकपको उपाधी पञ्चपुरीले जित्यो
२०७८ कार्तिक १५, सोमबार
सुर्खेत । वीरेन्द्रनगरमा जारी काँक्रेविहार गोल्डकप सकिएको छ । वीरेन्द्रनगरस्थित रंगशालामा भएको आइतबारको अन्तिम फाइनल खेलमा विवाद भएपछि उपाधिका लागि आज पेनाल्टीमार्फत खेल भएको हो । पेनाल्टीबाट भएको खेलमा आज वीरेन्द्रनगरलाई पञ्चपुरीले पेनाल्टी सुटआउटबाट उपाधि चुमेको हो ।
पेनाल्टी सुटआउटमा वीरेन्द्रनगरलाइ पञ्चपुरीले पाँचका विरूद्ध ६ गोल गरेको छ । आईतबार खेल बराबरीमा रोकिएपछि पेनाल्टी सुट आउटमा एक–एक गोल भएको थियो । खेलमा विवाद भएपछि हिजो खेल स्थगित गर्दै आयोजकले हिजो भएको एक(एक गोललाई मान्यता दिएर आज चाररचार गोल मात्रै पेनाल्टीबाट खेलाउने निर्णय गरेको थियो ।
तर शुरूको चाररचार गोल बराबरीमा रोकिएपछि थप एक(एक गोल हान्न दिएको थियो । दुवै टिमले पाएको थप एक गोलमध्य वीरेन्द्रनगरले गोलको सदुपयोग गर्न नसक्दा उपाधी पञ्चपुरीले जितेको हो । उपाधिका लागि प्रथम भएको ले एक लाख तथा दोस्रोले पचास हजार नगदसहित टर्फी पाएका छन् ।
तुलुजमाथि ६–२ को शानदार जित हासिल
भदौ ५ – नेइमारको उत्कृष्ट प्रदर्शनसँगै आइतबार राति भएको खेलमा पिएसजीले तुलुजमाथि ६–२ को शानदार जित हासिल गरेको छ । पिएसजीमा अनुबन्धित भएपछि
गौरिकाको लक्ष्यः सागमा स्वर्ण
९ भदौ, काठमाडौं ११ वर्षको उमेर, पौडी खेल्न थालेको २ वर्षमात्रै भएको थियो । स्कुलको छुट्टी मनाउन नेपालमा आएका बेला परिवारको आग्रह र अग्रसरतामा
प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता आजदेखि सुरु ।।
जेठ,१० तेस्रो संस्करणको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता आज देखि सुरु हुदैछ । प्रतियोगिता आजदेखि जेठ २५ सम्म मुलपानी र टियु क्रिकेट

प्रतिकृया दिनुहोस