• सोमबार ५-१५-२०८३/ Monday 31-08-26
  • १२:२८

On Air : मध्यान्ह कलिङ

Up Next : बुलबुले हालखबर

मुख्य खबर

शिक्षकहरूको माग सम्बोधन नभए अहिलेको भन्दा ठूलो जनआन्दोलन हुने चेतावनी नेता खनाल


काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले शिक्षकहरूको माग सम्बोधन नभए अहिलेको भन्दा ठूलो जनआन्दोलन हुने चेतावनी दिएका छन्।

सोमबार शिक्षकहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउन बबरमहल पुगेका खनालले पत्रकारहरूसँगको कुराकानीमा सरकारले एक महिना पुगिसकेको शिक्षकहरुको आन्दोलनलाई सरकार दमनमा उत्रिएको बताउँदै त्यसको भर्त्सना गरेका हुन्।

उहाँहरुको मागलाई पहिलो प्राथमिकताका साथ यो सरकारले पूरा गर्नु पर्छ । अन्यथा यो भन्दा ठूलो जनआन्दोलनको प्रतिक्षामा बसोस् सरकार म यो चुनौति दिन चाहन्छु । यो सरकारको अकर्मण्यता जनविरोधी शिक्षा विरोधी चरित्र हो। यसप्रकारको चरित्रको हामी विरोध गर्छौं,ु उहाँले भन्नुभयो।

 उहाँले भन्नुभयो कमसेकम पनि शिक्षा ऐन पारित गर्नुपर्ने मागलाई नसुन्नु सरकारको अकर्मण्यता, दिशाहिनता र अराजकताको पराकाष्ठा रहेको बताए। उनले शिक्षाको विकास गर्न कुल बजेटको २० प्रतिशत शिक्षामा लगानी गर्नुपर्ने पनि बताए।


ुयो देशमा शिक्षाको विकास गर्ने हो भने बजेटको २० प्रतिशत हाल्नैपर्छ । म प्रधानमन्त्री हुँदा मैले १६ प्रतिशत हालेको थिएँ तर यो उचाईसम्म अहिलेसम्म कुनै शिक्षा मन्त्री पुग्न सकेको छैन । त्यसकारणले २० प्रतिशत शिक्षामा हाल्नुपर्छ । बजेट नहुने भन्ने कुरै छैन, यो सारा संसारमा जनताले दिएको राजश्व छ त्यो राजश्व परिचानल ठिक ढंगले भएको छैन । भ्रष्टाचारको काण्र्डकाण्डको माला लगाउन पुगिरहेको छ सरकारलाई  तर किन यसमा बजेट दिन सक्दैन’  उहाँले भन्नुभयो । 

प्रतिकृया दिनुहोस

तुलुजमाथि ६–२ को शानदार जित हासिल

भदौ ५ – नेइमारको उत्कृष्ट प्रदर्शनसँगै आइतबार राति भएको खेलमा पिएसजीले तुलुजमाथि ६–२ को शानदार जित हासिल गरेको  छ । पिएसजीमा अनुबन्धित भएपछि

गौरिकाको लक्ष्यः सागमा स्वर्ण

  ९ भदौ, काठमाडौं   ११ वर्षको उमेर, पौडी खेल्न थालेको २ वर्षमात्रै भएको थियो । स्कुलको छुट्टी मनाउन नेपालमा आएका बेला परिवारको आग्रह र अग्रसरतामा

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता आजदेखि सुरु ।।

जेठ,१० तेस्रो संस्करणको प्रधानमन्त्री कप   क्रिकेट प्रतियोगिता आज देखि सुरु हुदैछ ।  प्रतियोगिता आजदेखि जेठ २५ सम्म मुलपानी र टियु क्रिकेट